‘धेरै पढेर के छ काम?’

तस्बिरः नेपाललाइभ

इटहरी- २३ वर्षका ब्रह्मदेव मुखिया ११ वर्षदेखि कोशीमा माछा मारिरहेका छन्। सप्तरीको कञ्चनपुर निवासी उनको माछा मारेरै परिवार पाल्नु जिम्मेवारी हो। हालसम्म औपचारिक कक्षा नलिएका उनले विद्यालयको हाताभित्र पाइला समेत नराखेको बताए। 'सर-मिसले कुट्छन्' भनेर बुवाआमाले विद्यालय पढ्न नपठाएको उनले सुनाए। 

उमेर बालकबाट किशोरावस्थातिर लागेपछि ब्रह्मदेव गाउँका दाइहरुसँगै कोशीमा माछा मार्न जान थाले। उनलाई माछा मार्नमै रस पस्दै गयो। घरदेखि २ किलोमिटर टाढाको विद्यालय जानुभन्दा १० किलोमिटर टाढाको कोशी नदी पुग्न उनलाई सहज लाग्यो। अहिले उनी कोशीका माछामै आफ्नो जीवन खोजिरहेका छन्। यद्यपि, उनलाई नपढेकोमा भने कुनै पछुतो छैन, बरु वैदेशिक रोजगारीमा मलेसिया जान नपाएकोमा भने दुःखी छन्। ‘घरमा पढ्ने वातावरण नै भएन,’ उनी भन्छन्, ‘हाम्रा गाउँमा पढेका केटाहरु पनि हामीसँगै माछा मार्छन्। पढेर केही काम नै रैनछ।’

 

 

प्रकाशित मिति: : 2019-09-22 07:05:38

प्रतिकृया दिनुहोस्