सत्ताको भर्‍याङमात्रै भयो मधेस आन्दोलन : मधेसवादी दलविरुद्ध युवाहरू

तस्बिरः नेपाल न्यूज

पछिल्लो मधेस आन्दोलनको मोर्चा जनकपुरमा युवाको हातमा थियो। उनीहरूले आन्दोलनको अगुवाइ गरे। दिनरात नभनी सडक तताए। ६ महिना लामो आन्दोलन निष्कर्षमा त पुगेन। तर, त्यसयता भएको स्थानीय, प्रदेश तथा संघीय संसदको निर्वाचनमा मधेसवादी दल सहभागी भए। प्रदेश २ मा मधेसवादी दलकै गठबन्धनको सरकार छ।

आन्दोलनको भावनाअनुसार प्रदेश २ को सरकार नचलेको भन्दै त्यतिबेला आन्दोलन चर्काएका युवामा भने निरासा बढेको छ। राज्यका हरेक अंगमा समावेशी प्रतिनिधित्व, सीमांकन, नागरिकता, संघीयतालगायतका मुद्दामा आन्दोलन उत्कर्षमा पुर्‍याउन जनकपुरका युवाले अग्रणी भूमिका निर्वाह गरे। तर मधेस आन्दोलनलाई मधेसवादी दलले सत्तामा पुग्ने सीँढीको प्रयोग गरेको तिनै आन्दोलनकारी युवाको गुनासो छ।

प्रकाशित मिति: : 2019-09-20 07:15:52

प्रतिकृया दिनुहोस्