बुढ्यौली परपर, जवानी वरवर

तस्बिरः नेपाललाइभ

काठमाडौं- गत जेठ २५ गते अभिनेता राजेश हमालले आफ्नो फेसबुक वालमा केही फोटो सेयर गर्दै लेखे, ‘भोलि २५ पुग्ने भइयो, पिर पर्‍यो।’ जेठ २६ गते उनको जन्मदिन परेको थियो। यथार्थमा त उनको उमेरले ५५ टेक्दै थियो। तर सदाझैं उनी ‘भर्खर २५ पुगियो’ भन्दै आफूलाई जवान दाबी गरिरहेका थिए।  

खासमा यो दाबी उनको मात्रै होइन, आम दर्शकको दृष्टिकोण पनि हो। शारीरिक रुपमा देखिएको तन्दुरुस्ती र कामप्रति जोश र जाँगरले पनि उनलाई त्यस्तै संकेत गर्छ अर्थात् ‘जवान’। उमेर वर्ष वा संख्या मात्र होइन, भावना र सोच पनि हो। अमेरिकी लेखक मार्क ट्वेनले भनेकै छन्, ‘उमेर दिमागको मुद्दा हो, जुन सोचाइमा निर्भर गर्छ। तिमी आफूलाई बुढो सोच्दैनौ भने कहिल्यै बूढो हुँदैनौ।’ 

प्रकाशित मिति: : 2019-09-19 17:38:04

प्रतिकृया दिनुहोस्