चाडपर्वमा पर्याप्त सुरक्षा मिलाउन गृहमन्त्री बादलको निर्देशन

फाइल तस्बिर

गृहमन्त्री रामबहादुर थापा बादलले दशै, तिहार जस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज (आइतबार)गृहमन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाईएको बैठकमा गृहमन्त्री थापाले जनताले महशुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिए ।

उनले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारीजस्ता घटना अत्याधिक हुने भएकोले सोहि अनुरुपको सुरक्षा रणनीति बनाउन सुझाब दिनुभयो । यस्तै सडक सुरक्षा तथा तोकिएको भाडादरको कार्यान्वयनबारे कडाइपुर्वक अनुगमन गर्न समेत निर्देशन दिए ।

बैठकमा गृहसचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौं , ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी लगायत सहभागी थिए।

प्रकाशित मिति: : 2019-09-22 20:28:37

प्रतिकृया दिनुहोस्