‘मेरो गणना, मेरो सहभागिता’

तस्बिरः गोरखापत्र

काठमाडौँ, भदौ ३१ गते । नेपालको १२औँ राष्ट्रिय जनगणना दुई वर्षपछि हुँदैछ । हरेक १० वर्षमा गरिँदै आएको जनगणना आगामी २०७८ जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने तय भएको छ । जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता’ तय गरी केन्द्रीय तथ्याङ्क विभागले तयारी थालेको छ । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार जनगणनामा सही तथ्याङ्क ल्याउन हरेक व्यक्तिको जागरुकता अभिवृद्धि होस् भनी यो नारा तय गरिएको हो । जनगणनाको तथ्याङ्कअनुसार नै देशको आर्थिक तथा सामाजिक विकासको नीति, योजना बन्ने भएकाले हरेकले अपनत्व लिन उहाँले आग्रह गर्नुभएको छ ।

पूर्वतयारी सुरु
विभागले अहिले जनगणनाको पूर्वतयारीका क्रियाकलाप थालिसकेको छ । यही आर्थिक वर्षदेखि नै तीव्र रूपमा तयारीको काम थालिसकेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो । सरकारबाट राष्ट्रिय जनगणना सञ्चालन तथा व्यवस्थापन आदेश पारित भई गत साउन ६ गते राजपत्रमा प्रकाशित भइसकेको छ । जनगणनाका लागि यसरी आदेश नै पारित गराइएको यो पहिलोपटक रहेको निर्देशक लामिछानेले बताउनुभयो ।

प्रकाशित मिति: : 2019-09-17 07:03:32

प्रतिकृया दिनुहोस्