एउटै जग्गामा दुईजना धनी : हकदाबी गर्दै आउनेलाई थुन्छन् गोलघरमा धनीपूर्जा हुनेलाई कागज गराउँदै लखेट्छन् स्थानीय

विराटनगर : एक हप्ता अगाडिदेखि मोरङको पथरी शनिश्चरे-३ मा दुई/तीनजना अपरिचित मानिस घुमघाम गरेको स्थानीयले देखे। नजिकबाट उनीहरूको गतिविधि हेरिरहेका स्थानीयले शनिबार थाहा पाए १ जना ७० वर्ष वृद्ध मानिससहित तीनजना अधवैंशे मानिस त्यहाँ पूर्जावालाको मध्यस्तकर्ता भएर जग्गा किनबेचमा आएका रहेछन्। त्यसलगत्तै स्थानीयमा होहल्ला फैलियो। जग्गा दलालीको मध्यस्तकर्ता बनेर आएका वृद्धालाई पथरी शनिश्चरे वडा नम्बर ३ मा रहेको किरातचोकको गोलघरमा लगेर स्थानीयले थुनिदिए। प्रहरीको चेकपोष्टका लागि बनाएको उक्त गोलघर यतिबेला पूर्जावालालाई राख्ने थलो भएको छ। त्यहाँ प्रहरी बस्दैनन्।

प्रकाशित मिति: : 2019-09-15 19:32:21

प्रतिकृया दिनुहोस्