प्लास्टिकमा डुबिरहेको पृथ्वी

तस्बिरः एजेन्सी

विश्वभर प्रत्येक मिनेट प्लास्टिकका करिब १० लाख बोतल विक्री हुन्छ। प्लास्टिकको वातावरणीय प्रभाव राजनीतिक मुद्दा बनिरहेको बेला तयारी खाद्य विक्रेता र खुद्रा विक्रेताहरू एक पटक मात्रै प्रयोग गरिने बोतल र कन्टेनरको प्रयोग बन्द गर्ने दबाबमा छन्। त्यस्ता बोतल र कन्टेनरले विश्वको जलमार्ग भरिन थालेको छ।

गएको ५० वर्षमा प्लास्टिकको उत्पादनमा बाढी नै आएको छ। यो सस्तो डिस्पोजेबल उत्पादनको व्यापक प्रयोगले वातावरणमा विध्वंश ल्याइरहेको छ। प्लास्टिकजन्य फोहोरले पुरिएका समुद्रका किनार र पेटमा प्लास्टिक भरिएका मृत पशुका तस्वीरले विश्वभरि नै हंगामा मच्चाएको छ। सामान्यतया सफ्ट ड्रिङ्क र मिनरल वाटर प्याकेजिङ गर्न पोलिथाइलिन टेरिफथलेट (पिइटी) बोतल प्रयोग गरिन्छ। तर अन्य घरेलु सामग्री वा व्यक्तिगत स्याहारका सामग्रीका लागि पनि यसलाई प्रयोग गर्न सकिन्छ। युरोमनिटर इन्टरनेशनलको तथ्याङ्क अनुसार पोहोर साल मात्रै यस्ता चार खर्ब ८० अर्ब बोतल विक्री गरिएको छ। अर्थात् प्रत्येक मिनेट करिब १० लाख बोतल विक्री हुन्छ।

प्रकाशित मिति: : 2019-09-15 07:07:28

प्रतिकृया दिनुहोस्