फेरि चुके प्रचण्ड !

तस्बिरः बाह्रखरी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले पार्टी अध्यक्ष प्रचण्डले कूटनीतिक मामिलामा पुनः अपरिपक्वता देखाएको बताएका छन् । गत माघ ११ गते भेनेजुएला प्रकरणमा हतारमा वक्तव्य निकालेर बचकना देखाएको आरोप झेलेका प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा अमेरिकालाई देखाउँदै इण्डो प्यासिफिकमा नेपाल नरहेको बताउन नहुने तर्क गरेका हुन् ।

“नेपाल इण्डो प्यासिफिक सैन्य साझेदारीमा त रहँदैन । तर एउटा देशलाई खुसी पार्न अर्को देशको नाम उच्चारण गर्नुहुँदैनथ्यो, त्यसमा पार्टी अध्यक्षको कूटनीतिक अपरिपक्वता देखियो,” नेकपाका एक स्थायी कमिटी सदस्यले भने । यद्यपि पार्टी अध्यक्षको कार्यकारी भूमिकामा नरहेकाले प्रचण्डको अभिव्यक्तिले सरकारलाई अप्ठ्यारो भने नपर्ने उनको बुझाइ छ । अमेरिकाका लागि पूर्वराजदूत डा. सुरेश चालिसे प्रचण्डको अभिव्यक्तिले सत्तारूढ दल पश्चिमा विरोधी हो भनेर सन्देश दिन खोजेको बताउँछन् । “प्रचण्डजीले नेपालको अहिलेको सत्तारूढ दल पश्चिमा विरोधी हो भन्ने संकेत गर्न खोज्नु भएको देखिन्छ । उहाँले भेनेजुएला प्रकरणदेखि अहिलेसम्म खेलेको भूमिकालाई हेर्दा नेकपा चीन, रुस, इरान र उत्तर कोरियाको ब्लकमा रहेको प्रष्ट सन्देश दिनुभएको छ । सत्तारूढ दल त्यो ब्लकमा उभिँदा देशलाई राम्रो गर्दैन,’’ चालिसे भन्छन् ।

 

 

 
 
 
प्रकाशित मिति: : 2019-09-13 07:35:29

प्रतिकृया दिनुहोस्