नेपाल वायुसेवाको विश्वसनीयता खस्किँदै

तस्बिरः नेपाल समाचारपत्र

काठमाडौं।राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवाले प्रभावकारीरूपमा सेवा प्रभाव गरोस् भन्ने नेपालीको कामना पूरा हुन सकिरहेको छैन। हिजै बिहीबार मात्र तालिकाअनुसार १० स्थानमा घरेलु उडान हुनुपर्नेमा दुई थान मात्र सफल भएको छ।

उडान सफल भएका दुई सेवामा बिहान ७.३० बजे ५० यात्रु लिएर काठमाडौंबाट विराटनगर गएको एमए ६० र यसअघि ६.३० बजे १४ यात्रु लिएर ट्युनेटर भोजपुरका लागि उडेको थियो। अरू सबै उडान रद्द गरिएका थिए। धनगढी जाने ५२, उताबाट काठमाडौं आउने ४० र दाङ जाने २४ यात्रु एनएको उडान रद्द भएपछि विकल्प खोज्न बाध्य भएका थिए।

प्रकाशित मिति: : 2019-09-13 07:18:38

प्रतिकृया दिनुहोस्