नेपाली फुटबल टोलीलाई इतिहास, बदला र उपाधिको अवसर

घरेलु टोलीविरुद्ध ८-२ को जित हासिल गर्दै प्रतियोगिताको शानदार सुरुआत गरेको नेपाली राष्ट्रिय महिला टोलीले आज किर्गिस्तानमा जारी नादेझ्दा कप महिला फुटबल प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानको सामना गर्दैछ।

काराकोल रंगशालामा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुने खेलमा हरि खड्काको प्रशिक्षणमा रहेको नेपाली टोली उपाधिसहित पहिलो चरणको दोस्रो खेलमा उज्वेकिस्तानसँग भोगेको २-० को हारको बदला लिने दाउमा छ।

फिफा वरियतामा १ सय १औं स्थानमा रहेको नेपालले आफूभन्दा ५७ स्थानमा माथि रहेको उज्जेकिस्तानलाई पराजित गर्नु त्यति सहज छैन। तर, नेपाली टोली यो चुनौती पार गर्नसक्ने क्षमता राख्छ भन्‍ने गत फेब्रुअरीमा भारतमा सम्पन्‍न हिरो महिला गोल्डकपमा सिद्ध भइसकेको छ।

प्रकाशित मिति: : 2019-09-12 13:00:32

प्रतिकृया दिनुहोस्