मन्त्री मातृका यादवका ज्वाइँ सांसद बहुविवाहमा दोषी ठहर, कहिले पर्छन् पक्राउ ?

जनकपुरधाम – प्रदेश २ का सांसद दिलिपकुमार साह बहुविवाहको कसूरमा अदालतबाट कैद सजाय तथा जरिवाना समेत ठहर भएका व्यक्ति हुन् । उनी नेकपाबाट सिरहा ४(१) का प्रदेश सभा सदस्य र मन्त्री मातृका यादवका ज्वाइँ हुन् । 

तत्कालीन माओवादी केन्द्रबाट टिकट पाएर उनी प्रत्यक्ष निर्वाचित भएका थिए । उनलाई धनुषा जिल्ला अदालत र उच्च अदालत जनकपुरले बहुविवाह गरेको कसूर ठहर गर्दै १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना समेत ठहर गरिसकेका छन् ।

प्रकाशित मिति: : 2019-09-12 12:53:00

प्रतिकृया दिनुहोस्