सभामुख महरा कजाकस्तान प्रस्थान

सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखको बैठकमा भाग लिन शनिबार कजाकस्तान प्रस्थान गरेका छन्।

छ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै महरा त्यसतर्फ प्रस्थान गरेका हुन्। यहीँ सेप्टेम्बर २२ देखि २५ सम्म कजाकस्तानको अस्तानामा हुने युरेसियन देशका संसदका सभामुखहरुको चौथो बैठकमा सभामुख महरा नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ।

प्रतिनिधिमण्डलमा प्रतिनिधिसभाका सांसद मानबहादुर विश्वकर्मा, राधा ज्ञवाली र अमृतादेवी अग्रहरि, संघीय संसद् सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देल र सभामुखका स्वकीय सचिव डोरबहादुर पुन रहेका छन्। कजाकस्तानको अस्तानामा हुने उक्त बैठकमा

कजाकस्तानका लागि नेपाली महावाणिज्यदूत वरुण चौधरी र प्रतिनिधिसभा सदस्य विनोद चौधरी पनि सहभागी हुनेछन्।

उक्त बैठकमा नेपालको तर्फबाट सभामुख महराले सम्बोधन गर्ने कार्यक्रम रहेको उको प्रेस संयोजक डिल्ली मल्लले जनाए।

प्रकाशित मिति: : 2019-09-21 13:32:47

प्रतिकृया दिनुहोस्