विश्वकै महंगो जेल, एउटै कैदी पाल्न वर्षको १ करोड ३० लाख डलर खर्च (भिडियोसहित)

Agency

विश्वमा कुख्याती कमाएको ‘क्वान्टानामो बे’ संसारकै महंगो जेलमा रुपान्तरण भएको छ। अमेरिकी अखबार न्युयोर्क टाइम्सको एउटा रिपोर्टअनुसार क्युबाको दक्षिण–पूर्वी सतहमा अमेरिकाले सन् १८९८ देखि सञ्चालनमा ल्याएको यो जेलमा हाल ४० कैदी बन्द छन्। एक कैदीलाई थुनामा राख्दा वर्षमा १ करोड ३० लाख अमेरिकी डलर खर्च हुन्छ। 

न्युयोर्क टाइम्सका अनुसार सुरक्षाकर्मी तथा कैदीका लागि हरेक वर्ष ४५ करोड अमेरिकी डलर खर्च हुँदै आइरहेको छ।

‘क्वान्टानामो बे’ मा थुनामा रहेका कैदीभन्दा अगाडि जर्मनीको स्पेन्दाउ जेलमा रहेका कैदी सबैभन्दा महंगा मानिन्थे। सन् १९८५ मा नाजी युद्ध अपराधमा पक्राउ परेका रुडोल्फ हेसका लागि वर्षको १० लाख ५० हजार डलर खर्च हुने गरेको थियो।

यस्तै, सन् २०१२ मा अमेरिकाको कालोराडो जेलमा एउटै कैदीका लागि वार्षिक ७८ हजार डलर खर्च हुने गरेको थियो।

‘क्वान्टानामा बे’ जेल

क्युबाको दक्षिण–पूर्वी सतहमा अमेरिकाले सन् १८९८ मा ‘क्वान्टानामो बे’ बेस बनाएको थियो। पछि यसैलाई अमेरिकाले डिटेन्सन सेन्टर अर्थात जेलमा रुपान्तरण गर्यो।

जर्ज डब्ल्यु बुसले आफ्नो कार्यकालमा (२००१–०९) मा यहाँ एउटा कम्पाउन्ड बनाएका थिए। जसलाई ‘क्याम्प एक्स–रे’ को उपनाम दिइएको थियो। यो ठाउँमा अमेरिकाले खुंखार आतंकवादीहरूलाई राख्ने गरेको छ।

मुस्ताङमा स्योपेन लव फालो (कुमार यात्रा) पर्वको रमझम (भिडियोसहित)

‘क्वान्टानामो बे’ मा करिब १८ सय सैनिक तैनाथ छन्। जसको अर्थ हो, एक कैदी बराबर ४५ सेनाको सुरक्षा कवज। यी सेनाहरूले तीन वटा बिल्डिङ, दुई खुफिया हेडक्वाटर, तीन अस्पताल र कैदीको सहयोगार्थ तैनाथ गरिएको वकिल बसोबास गर्ने कम्पाउन्डको सुरक्षाको जिम्मा रहने गरेको छ।

कैदीको लागि सुविधा

‘क्वान्टानामो बे’ मा थुनामा रहेका कैदीलाई चर्चदेखि सिनेमा हेर्नेसम्मको सुविधा छ। साथै उनीहरूलाई डाइनिङ रुम, मानसिक सन्तुलन ठिक रहोस् भनेर ‘केयर टेकर’ को टिमको पनि व्यवस्था गरिएको छ।

जेल स्टाफको सहयोगका लागि प्रत्येक साता जज, वकिल, पत्रकारको टिम जेलमा आउने गरेको छ। कैदीका लागि मांसाहारी भोजन, न्युज–स्पोर्टस च्यानल, जिम र प्ले स्टेशनको सुविधा छ। कैदीले माग गरेको खण्डमा आर्टस र हार्टिकल्चर कक्षाको पनि सुविधा दिने गरिएको छ।

सन् २००३ मा ६ सय कैदी

‘क्वान्टानामो बे’ जेलका क्याप्टेन तथा वकिल ब्रायन एल माइजरका अनुसार जेललाई एउटा सानो बुटिकको रुपमा हेर्दा फरक पर्दैन्। यहाँ विभिन्न समयमा करिब ७ सय ७० युद्धबन्दीलाई राखिसकेको छ। सन् २००३ मा कैदीको संख्या ६ सय ७७ थियो।

हामीले भन्यौं– यो त इन्सल्ट हो

२००८ मा अन्तिम पल्ट कुनै कैदीलाई ल्याइएको थियो। बुश प्रशासनले ५ सय ४० कैदीलाई निकालेर पाकिस्तान, अफगानिस्तान र साउदी अरबको जेलमा पठाएको थियो।
बाराक ओबामाको कार्यकालमा थप २ सय कैदी निकालिएको थियो।

‘क्वान्टानामो बे’ अमेरिकी प्रशाषनका लागि अहिले टाउको दुखाईको विषय बनेको छ। तर, यसलाई बन्द गर्ने विषयमा राजनीतिक एकता बन्न सकेको छैन। त्यसैले यसले अझै केही वर्ष निरन्तरता पाउने सम्भावना छ।

प्रकाशित मिति: : 2019-09-20 17:27:05

प्रतिकृया दिनुहोस्