बल मिचाईमा जारी भएको संविधान कुनै हालतमा मान्य हुँदैन: संयोजक यादव

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादव I

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले मधेशवादी दललाई अलग राखेर जारी गरिएकोले यो संविधान स्वीकार गर्न नसकिएको स्पष्ट पारेका छन् ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक यादवले दुई तिहाईको बल मिचाईमा जारी भएको संविधान कुनै हालतमा मान्य नहुने बताए ।

‘अन्धो र बहिरो यो सरकारले संविधान संशोधन गरेन,’ उनले भने, ‘ठूला दलहरुले पनि संविधान संशोधन नगरेपछि हामीले यो संविधानलाई स्वीकार गर्ने अवस्था रहेन ।’ उनले मधेशी जनताको बलिदानीपूर्ण संघर्षको बलमा आएको संघीयता मास्न खोजे सरकार आफै समाप्त हुने चेतावनी पनि दिए ।

संयोजक यादवले सरकारले संघीयताको धज्जी उडाएको आरोप पनि लगाए।

प्रकाशित मिति: : 2019-09-20 15:22:14

प्रतिकृया दिनुहोस्