नेपाली स्याटेलाइट–१ का निर्माणकर्ताद्वय मास्के र श्रेष्ठलाई पदक

फाइल तस्बिर

पाँचौ संविधान दिवसको अवसर पारेर सरकारले नेपाली स्याटेलाइट–१ का निर्माणकर्ताद्वय आभास मास्के र हरिराम श्रेष्ठलाई कीर्तिमय राष्ट्रदीप चौथो श्रेणीको पदकबाट सम्मानित गर्ने भएको छ ।

बर्डस–३ कार्यक्रम अन्तर्गत स्याटेलाइट निर्माण गरी नेपालको झन्डा अंकित वस्तु अन्तरीक्षमा पहिलो पटक पुर्याउन सफल भएको भन्दै उनीहरुलाई सरकारले सम्मानित गर्न लागेको हो ।

३२ वर्षीय श्रेष्ठ हाल जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजीमा स्पेश इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका छन् भने २९ वर्षीय मास्केले स्याटेलाइटको इमेज सेन्सिङमा विद्यावारिधि गरिरहेका छन् ।

प्रकाशित मिति: : 2019-09-20 13:46:50

प्रतिकृया दिनुहोस्