राष्ट्रपतिद्वारा शुभकामना, संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारी ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिइरहेको दावी गरेकी हुन्।

संविधान दिवसले ‘समृद्ध नेपाली, खुसी नेपाली’को राष्ट्रिय संकल्प हासिल गर्न मन, बचन र कर्मले समर्पित हुन थप प्रेरणा प्रप्त हुने उनको विश्वस छ । संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास गर्न आग्रह समेत गरेकी छिन्।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानले कल्पना गरेको समाजवाद उन्मुख व्यवस्थाले नेपालको समृद्धि र विकास हुने विश्वास व्यक्त गरेका छन् ।उनले नेपाल सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’का नारा पूरा गर्न देश आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा द्रुत गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: : 2019-09-20 08:48:21

प्रतिकृया दिनुहोस्