पञ्चयती शैलीमा उर्दी जारी गरेर संविधान दिवस मनाउनु पर्‍यो: अध्यक्ष भट्टराई

फाइल तस्बिर

समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले संविधानमै त्रृटि रहेको भन्दै पञ्चयती शैलीमा उर्दी जारी गरेर संविधान दिवस मनाउनु परेको दावी गरेबका छन् । उनले त्रृटिकै कारणले गर्दा अर्कोतिर संविधान च्यात्नुपर्छ भन्ने अतिवादी प्रवृति देखिएको बताए ।

बिहीबार संसदको वर्षे अधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै डा.भट्टराईले इतिहास हेर्दा पहिलो चरणको लोकतन्त्र व्यक्तिको स्वतन्त्रतामा आधारित भएको, दोस्रो चरणको लोकतन्त्र सामाजिक बर्गहरुको समानता र अधिकारमा आधारित भएको र अहिलेको लोकतन्त्र व्यक्ति र वर्गमात्र नभई लिङ्ग जाती समुदायलगायत सवैको समानता र स्वतन्त्रताका लागि भएको भन्दै त्यस्तो खालको लोकतन्त्र ल्याउन केही कुरामा सफल भएपनि धेरैमा चुकेको बताए ।

उनले चुकेका कुरा समेटनको लागि संविधान संशोधन गर्नुपर्ने बताए । आफुले उतिवेलै यो संविधान आधा गिलास भरी र आधा खाली भनेको भन्दै चार बर्षसम्म पनि संशोधन नभएको बताए । उनले संविधान संशोधन नभए यसप्रति ठुलो असन्तुष्टि बढ्दै जाँदा त्यो थेग्न नसक्ने चेतावनी दिए । त्यो असन्तुष्टि विष्फोटक भए ठुलो दुर्घटाना हुने भन्दै शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताए ।

पुर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित प्रमुख कार्यकारी प्रणालीमा नगएसम्म असन्तुष्टिहरु रहिरहने भएकाले संविधान संशोधन गर्न ढिला गर्न नहुने बताए ।डा.भट्टराईले लोकतन्त्र भनेकै वार्ता र सम्वादमबाट गरिने शासन पद्धति भएकाले केही विषयामा सत्तापक्षको ध्यानाकर्षण गराउन जरुरी रहेको बताए । उनले नेपाली जनताले आफ्नो संविधान आफैले बनाउनु महत्वपूर्ण भन्दै संविधान कहिल्यै पनि ढुङ्गामा कुँदेको अक्षर नहुने बताए ।

‘संविधान भनेको समाजमा विद्यमान आर्थिक, राजनीतिक सामाजिक शक्ति सन्तुलनको दस्तावेज हो । जब समाज परिवर्तन हुँदै जान्छ, विभिन्न वर्ग समुदायका इच्छा आकांक्षा परिवर्तन हुँदै जान्छन् र संविधान पनि परिवर्तन हँुदै जानुपर्छ’ डा. भट्टराईले भने, ‘लोकतन्त्र पनि आफैंमा विकासशील प्रकृया हो ।’

 

 

प्रकाशित मिति: : 2019-09-19 16:51:52

प्रतिकृया दिनुहोस्