संसदको बजेट अधिवेशन अन्त्य हुँदै, प्रधानमन्त्रीले दुबै सदनलाई सम्बोधन गर्ने

फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदका दुबै सदनलाई सम्बोधन गर्दैछन्। बजेट अधिवेशन अन्त्य हुनुअघि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्न लागेका हुन्।प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो साढे २ बजे प्रतिनिधिसभालाई सम्बोधन गर्ने तयारी छ। त्यसअघि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे नै बस्ने कार्यसूचि छ।

राष्ट्रियसभाको बैठक भने ३ बजे बोलाइएको छ। बैशाख १६ देखि सुरु भएको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै मन्त्रिपरिषदले सदर गर्न राष्ट्रिपतिकहाँ पठाएको छ।

बिहीबार राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि बजेट अधिवेशन अन्त्य गर्ने तयारी छ।

प्रतिनिधि सभाको अन्य कार्यसूची

-सचिव गोपालनाथ योगीले निम्नलिखित विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशहरु टेबुल गर्ने ।
(क) “सेफगाडर्, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५”
(ख) “आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५”

(ग) “औद्यागिक व्यवसाय विधेयक, २०७५” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशकोजानकारी गराउने।

-गृह मन्त्री रामबहादुर थापाले “राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।

-परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।

-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले “भूमि सम्बन्धी (आठौं संशोधन) विधये क, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने ।

प्रकाशित मिति: : 2019-09-19 11:23:32

प्रतिकृया दिनुहोस्