स्वास्थ्यमन्त्रीको जवाफ– साधनस्रोत सम्पन्न मुलुकमा पनि डेंगु नियन्त्रण भएको छैन, आफै सजक हुनुहोस्

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव ।

सरकारले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएको छ ।

बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको बताए । उनले डेंगु रोगलाई नियन्त्रण गर्न स्थानीय तहमा बिभिन्न कार्यक्रम संचालन गरिएको समेत बताए । उनले यो रोग नियन्त्रण गर्न ६ करोड १७ लाख विनियोजन गरिएको  बताए ।

स्वास्थ्यमन्त्री यादवले डेंगु नियन्त्रणका लागि कुनै औषधी पत्ता नलागेको र हामीभन्दा साधनस्रोत सम्पन्न मुलुकमा पनि डेंगु नियन्त्रण नभएकाले आफै सजक हुनुपर्नेमा जोड दिए ।उनले नागरिकलाई सचेत पर्नको लागि झापा,मोरङ,धादिङ लगायतका जिल्लामा यो रोग सम्बन्धीत कार्यक्रम संचालन गरिएको र गर्न कार्य जारी रहेको बताए । उनले यसका लागि आफ्नो नेतृत्वमा पाँच सदस्यी कमिटी तयार पारेको र बिज्ञहरुसँग राय सुझाब लिने काम गरिरहेको समेत जानकारी दिए ।

उपप्रधानमन्त्री यादवले साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको बताए ।काठमाडौंमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र निजामती कर्मचारी अस्पतालमा पनि डेंगु परीक्षणको व्यवस्था गरिएको उपप्रधानमन्त्री यादवले जानकारी दिए ।

यता स्वास्थ्यमन्त्री यादवको संबोधनपछि बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले लामखुट्टे नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव स्थापना गर्नुपर्ने भन्दै व्यंग्य गरेका छन् ।

हामीकहाँ चलन पनि छ, काहीँ उपाय नलागेपछि देवी देवता गुहार्ने, चलन मात्र होइन प्राक्टिस पनि छ, पुरानो संसद भवनमा संसदेश्वर महादेव स्थापना भएको छ, संसदमा तलमाथि नहोस् भनेर, मेरो गाउँ ठिंगनमा लटरमेश्वर महादेव छ, फलफूल लटरम्म होस् भनेर, सन्तानका लागि सन्तानेश्वर महादेव पनि छ’ उनले भने ‘हामीले किन लामखुट्टेश्वर महादेव स्थापना गरेर अभियान किन सुरु नगर्ने, डेंगु नबढोस् भनेर, यसतर्फ पनि ध्यान जाओस् ।’

प्रकाशित मिति: : 2019-09-18 14:34:24

प्रतिकृया दिनुहोस्