देउवाको गृह जिल्लामा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डको पुत्ला दहन

बिएल

डडेल्धुरा । कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डको पुत्ला दहन गरिएको छ ।

आइतबार नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै जिल्ला सदरमुकाम भीमदत्त चोकमा पुत्ला दहन गरेको हो । नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको बिरोधमा ओली र प्रचण्ढको पुत्ला दहन गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिए।

बिहीबार नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति किरण कोइरालालगायतका कांग्रेस कार्यकर्तामाथि नेकपाका युवाको समूहले आक्रमण गरेको थियो।

प्रकाशित मिति: : 2019-09-15 15:52:05

प्रतिकृया दिनुहोस्