कसरी बुक गर्न सकिन्छ स्मार्ट पार्किङ? (भिडिओ स्टोरी)

समिक्षा अधिकारी

काठमाडौं महानगरपालिकाले अस्तव्यस्त रोकिने सवारीसाधन व्यवस्थापन गर्न 'स्मार्ट पार्किङ' सुरू गरेको छ। महानगरले न्युरोड क्षेत्रमा पहिलोपटक 'स्मार्ट पार्किङ' सुविधा थालेको महानगरका सार्वजनिक निजी साझेदारी कार्यक्रम निर्देशक ध्रुवकुमार काफ्लेले जानकारी दिए।

महानगरले ह्विल्स ट्रलि योर्स कम्पनीको सहकार्यमा सरूआत गरेको 'स्मार्ट पार्किङ' पहिलो चरणमा धर्मपथ, न्युरोड क्षेत्र र पाको सडकखण्डमा उपलब्ध छ।

'परम्परागत तवरले पार्किङ व्यवस्थापन साह्रै मुश्किल भयो। त्यसैले प्रविधिका माध्यमबाट नयाँ प्रयोग गरिएको हो,' काफ्लेले सेतोपाटीसँग कुराकानी गर्दै भने, 'सबैभन्दा व्यस्त ठाउँबाट थालाैं भनेर न्युरोड रोजेका हौं।'

स्थानीय निर्वाचनअघि यो क्षेत्रको पार्किङ विभिन्न क्लबहरूको अधीनमा थियो। पार्किङ शुल्क पनि उठाउँथे।

प्रकाशित मिति: : 2019-06-25 12:54:57

प्रतिकृया दिनुहोस्