सलमानले प्रितमलाई भने- तिमी मजस्तै छौ, देखिन्छौ एउटा, गर्छौ अर्कै

प्रितम आचार्य जिटिभीको कार्यक्रम सारेगमप लिटल च्याम्प्सको सेमिफाइनलमा।

इटहरीका प्रितम आचार्यले ‘सारेगमप लिटिल च्याम्प्स’ को मञ्चमा बारम्बार एउटै कुरा भनेका थिए, ‘म उदितनारायण झाको फ्यान हुँ। एकचोटि उनलाई भेट्न चाहन्छु।'

भारतीय टेलिभिजन च्यानल जिटिभीको 'रियालिटी शो' मा तेस्रो स्थान हासिल गरी फर्केका प्रितमसँग हामीले यही प्रश्नबाट कुराकानी सुरू गर्‍यौं, ‘उदितसँग भेट भयो त?'

‘छुट्टै भेट त भएन, तर उहाँको अगाडि गाउने मौका भने पाएँ,’ उनले सेतोपाटीसँगको टेलिफोन कुराकानीमा भने।

सारेगमपको एउटा कार्यक्रममा उदितनारायण आगन्तुक ‘जज’ बनेर आएका थिए। जसको गीत गाउँदै प्रितम हुर्के र जसलाई भेट्ने सपना साँचे, त्यस दिन उनकै अगाडि प्रितमलाई ‘पफर्मेन्स’ देखाउने अवसर जुरेको थियो।

प्रकाशित मिति: : 2019-06-20 09:51:32

प्रतिकृया दिनुहोस्