गौरीशंकर' हाेला त प्रदेश ३ काे नाम ?

काठमाण्डाै - प्रदेश ३ को नामाकरण गौरीशंकर राख्नुपर्ने प्रस्तावमा केन्द्रित भएर बहस सुरु भएको छ । 

प्रदेश ३ का प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरुले प्रदेश ३ को नामाकरण गौरीशंकर राख्नुपर्ने प्रस्तावमा केन्द्रित भएर आइतबार काठमाण्डाैमा बहस सुरु गरेका हुन ।

प्रदेश सभाका सांसद विशाल खड्काले यस प्रदेशको नामाकरण गौरीशंकर गर्नुपर्ने प्रस्ताव प्रदेश सभामा दर्ता गराएपछि त्यस सम्बन्धमा विज्ञहरुसहितको बहस सुरु भएको हो । कार्यक्रममा बोल्दै प्रदेश ३ का प्रदेश सभाका सांसद एवम् पूर्वमन्त्री राजेन्द्र पाण्डेले नेपालको प्रतिष्ठालाई अन्तराष्ट्रिय जगतमा अझै परिचित गराउनु पनि प्रदेश ३ को राजधानीको नाम गौरीशंकर पाख्न उपयुक्त हुने धारणा राख्नु भयो । उहाँले ७ वटा प्रदेशमध्ये अन्य प्रदेशले हिमालको नामबाट नामाकरण नगरेकाले पनि प्रदेश ३ को नामाकरण हिमालको नामबाट राख्न उपयुक्त देखिएको तर्क पनि गर्नुभयो ।

प्रदेश सभाका सांसद एवम् त्यससम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता गराउनु भएका सांसद खड्काले नेपालको पहिचान हिमाल पनि भएकाले आफूले प्रदेश ३ को नामाकरण गौरीशंकर हिमाल राख्न उपयुक्त हुने प्रस्ताव प्रदेश सभामा पेश गरेको स्पष्ट पार्नु भयो । उहाँले प्रदेश ३ हिमालय श्रृंखलाहरुको बाहूल्यता रहेकोे प्रदेश भएकाले पनि यहाँका सबै समुदायको साझा प्रस्तावको रुपमा गौरीशंकर हिमाललाई अघि सारिएको बताउनु भयो ।

प्रकाशित मिति: : 2019-05-27 10:18:59

प्रतिकृया दिनुहोस्