नेकपाले धान्ला मदन भण्डारीको विरासत?

मदन भण्डारी

३ जेठ २०७५ मदन भण्डारीको २६औं पूण्यतिथि हो। २०५० सालमा निकट सहकर्मी एवं नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रित सहित शंकास्पद जीप दुर्घटनामा मदन भण्डारीको निधन भएको थियो। मदनको निधन भएपछिका २६ बर्षमा नेपालको वाम आन्दोलन सानो परिधिमा मात्र सिमित रहेको छैन। राष्ट्रिय राजनीतिमा मदन भण्डारीको प्रभाव अझै बढ्दै गएको छ।

हामी मदन भण्डारीसँग लामो समय साथ रहेर काम गर्नेहरुका लागि जेठ ३ गतेले भावुकताको बाढी लिएर आउँछ। नेपाली राजनीतिमा मदन–आश्रितको ठोस योगदानको पहिचान गर्ने कार्यमा कहिलेकाहीँ त्यही भावुकता सीमा बनेर उभिने गरेको जस्तो लाग्छ।

मदन भण्डारीलाई एक व्याख्याता र सिद्धान्तकारका रुपमा स्मरण गर्नुपर्छ जस्तो लाग्छ भने जीवराज आश्रितलाई ती सिद्धान्त लागू गर्ने संगठन चलायमान बनाउने संगठकका रुपमा। अहिले माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरण भएर नयाँ पार्टी बनिरहेका बेला विचार निर्माण र संगठन निर्माण दुबैमा मदन–आश्रितको मार्गदर्शन अझ सान्दर्भिक भएको छ।

प्रकाशित मिति: : 2019-05-16 23:19:28

प्रतिकृया दिनुहोस्