जुम्लामा ५९० रोपनी सरकारी जग्गा मालपोत अधिकृतका परिवारको नाममा दर्ता

२ जेठ, काठमाडौं । प्रधानमन्त्री निवास हाताको २९९ रोपनी जग्गा भूमाफियाले हडपेको चर्चा चलिरहँदा जुम्लाका मालपोत अधिकृतले त्योभन्दा दोब्बर सरकारी जग्गा श्रीमती, छोरी र नातागोताको नाममा पास गराएको पाइएको छ ।

ती मालपोत अधिकृत हुन्- जुम्लाको गुठिचौर गाउँपालिका-४ बाउलीगाउँका गोविन्दप्रसाद न्यौपाने । हाल सेवा निवृत्त न्यौपानेले सेवामा रहँदा २०६६ सालमा गुठिचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान कार्यक्रमको ३ लाख वर्गमिटर अर्थात ५९० रोपनी जग्गा पत्नी गोमा, छोरी पार्वती र १४ जना आफन्तको नाममा दर्ता गराएको पाइएको छ ।

प्रकाशित मिति: : 2019-05-16 14:36:00

प्रतिकृया दिनुहोस्