सिन्को नभाँची बित्यो नेकपाको एक वर्ष

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’। | तस्वीर:काठमाडौं प्रेस

काठमाडौं, जेठ २ : नेपालका दुई कम्युनिष्ट पार्टीहरू एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको एक वर्ष पूरा भएको छ तर यो एक वर्षको अवधि जम्बो आकार दाबी गर्ने नेकपाले सिन्को नभाँची बिताएको छ। यतिसम्म कि पार्टीका केन्द्रीय सदस्यसँग नेकपाको परिचयपत्र समेत छैन। नेकपाको पार्टी सदस्यताको कार्ड समेत छापिएको छैन।

नेकपाका एक जना नयाँ केन्द्रीय सदस्य हुन्– निरज आचार्य। साविक एमालेको युवा संघका पूर्वमहासचिव उनी महेश बस्नेतसँग युवा संघको अध्यक्षमा पराजित भएका थिए। सिंहदरबारभित्र गइराख्नुपर्ने यी युवा नेतासँग नेकपा केन्द्रीय सदस्यको परिचयपत्र छैन।

सिंहदरबारको मूल ढोकाका सुरक्षाकर्मीलाई उही चार वर्षअघि युवा संघको नेता छँदाकै कार्ड देखाएर काम चलाइरहेका छन् उनी। केही दिनअघि सिंहदरबारको प्रवेशद्वारमा भेटिएका उनले भनेका थिए, ‘मसँग त यही युवा संघमा छँदाको कार्ड छ। यही देखाउँछु।’

नेकपाकै अर्का युवा नेता ठाकुर गैरे चाहिँ एमालेकै केन्द्रीय सदस्यको परिचयपत्र बोकेर काम चलाइरहेका छन्। सिंहदरबार प्रवेश गर्ने काम परिरहने गैरे भन्छन्, ‘नयाँ कार्ड बनेको छैन, यही एमालेको कार्ड बोक्छु।’

प्रकाशित मिति: : 2019-05-16 14:33:14

प्रतिकृया दिनुहोस्