म कसरी 'उल्लू' बनेँ

तस्बिरः सेतोपाटी

सबेरै उड्ने चरीले सजिलै आहारा बटुल्छे। ढिलो दिनचर्या सुरू गर्नेका लागि जीवन कठिन हुन्छ।

बिहान सजिलै पाइने आहारासमेत घाम चर्किएपछि अभाव हुन थाल्छ। यसले चराहरूबीच प्रतिस्पर्धा बढाउँछ। ढिलो दिनचर्या सुरू गर्नेहरू वैकल्पिक भोजनका लागि दिनभर भौंतारिनुपर्छ।

गाइने चराले त अधिकांश आवश्यकता झिसमिसेमै पूरा गरिसकेको हुन्छ। सुरिलो आवाज निकालेर वरिपरिको भूमि आफ्नो अधिकार क्षेत्र भएको सन्देश र चेतावनी उसले अरू चरालाई दिन्छ। उसले त्यही संगीतमय चिरबिरमार्फत् अरू भालेलाई आफ्नो क्षेत्रबाट भगाउँछ। पोथीलाई आकर्षित गर्छ।

जानकारहरू भन्छन्- सुरिलो संगीतमय आवाज निकाल्नु भनेको भाले चराले आफ्नो सामर्थ्य र पुरुषत्व प्रदर्शन गर्नु हो। दिनको कोलाहलसँगै चराका संगीतमय आरोह मधुर र सुस्त भइसकेको हुन्छ।

चरीका शारीरिक आवश्यकता पूरा भइसकेको हुन्छ। बाँकी दिनका लागि चाहिने ऊर्जा जोहो पनि उसले गरिसकेको हुन्छ। अब बाँकी दिन उनीहरूले सहज र कम परिश्रम चाहिने काममा बिताउँछन्।

प्रकाशित मिति: : 2019-05-16 08:52:20

प्रतिकृया दिनुहोस्