नेकपाको वैचारिक बहस : दाहाल–पोखरेल जुहारी

युवा संघ नेपालको २९ औं स्थापना दिवसमा नेकपाका नेताहरु।

काठमाडौं : नेकपाका शीर्ष नेता वैचारिक बहसमा उत्रिएका छन्। गत वर्ष जेठ ३ मा पार्टी एकता गर्दा नेताहरूले ‘जनताको जनवाद’ को कार्यदिशा अवलम्बन गर्ने बताएका थिए। तर अहिलेसम्म एकताको आधार समेटिएको राजनीतिक दस्ताबेज आउन सकेको छैन। राजनीतिक कार्यदिशामा विवाद छ। पार्टी एकता गर्दा तत्कालीन एमालेको जबज र माओवादीको एक्काइसौं शताब्दीको जनवादको कार्यदिशा दुवै महाधिवशेनमा बहस गर्ने गरी स्थगित गरिएको थियो।

कार्यदिशामा रहेको अस्पष्टताका कारण शीर्ष नेताहरू अहिले वैचारिक बहसमा आउन थालेका हुन्। पार्टीको जिल्ला तहको संगठनात्मक काम सकेपछि एकताको सबैभन्दा जटिल फड्को टरेको र अबको ६÷८ महिनामा जिल्ला अधिवेशन गर्दै सम्पूर्ण ध्यान महाधिवेशनमा लक्षित गर्ने पार्टी अध्यक्षकै धारणा आउन थालेपछि नेताहरू आफ्नो ‘पोजिसन’ सुनिश्चित गर्न र वैचारिक÷राजनीतिक धुव्रीकरणको प्रयासमा लाग्न थालेका हुन्।

प्रकाशित मिति: : 2019-05-16 08:44:56

प्रतिकृया दिनुहोस्