छाेरी स्वीकार्दै एक कोरियाली दम्पतीले गरे नेपाली युवतीको कन्यादान [भिडियाे]

तस्बिर : हमाल दम्पती बायाँ, काेरियाली दम्पती दायाँतर्फ।

साेल- दक्षिण कोरियाको राजधानी साेल नजिकै रहेकाे दोङ्देमुनस्थित ज्योती रेष्टुरेन्टमा शनिबार हिन्दु परम्पराअनुसार विवाह चलिरहेको थियो। विवाहमा बेहुला-बेहुली थिए लमजुङका राजेशजंग हमाल र काभ्रेकी समान्ता हमाल।

विदेशमा नेपालीकाे संख्या र समुदाय विस्तार भइरहेकाेले पनि नयाँ सम्बन्ध स्थापित हुने क्रम बढ्दाे छ। कतिपयले यतैकाे प्रेम-सम्बन्धलाई विदेशमा गएर वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने गरेका छन् भने कतिपयले विदेशमा सम्पर्क र भेटघाट भई स्थापित सम्बन्धलाई नेपालमा आएर पनि वैवाहिक सम्बन्धमा परिणत गर्ने गरेका छन्। यसबाहेक पछिल्लाे समय भने विदेशमै सम्पर्क भई उतै विवाह गर्ने चलन बनि बढेकाे छ।

राजेश र समान्ता राेजगारीका लागि इपिएस परीक्षा दिई सरकारी काेटामा काेरिया पुगेका हुन्। काेरियामै परिचय भई माैलाएकाे प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्दै शनिबार एकअर्काले जीवनसाथीकाे रुपमा स्वीकार गरेका हुन्।

 

प्रकाशित मिति: : 2019-05-16 05:07:20

प्रतिकृया दिनुहोस्