अमेठीमा कसले जित्छ? राहुल गान्धी कि स्मृति इरानी?

एजेन्सी– भारतमा गत महिना अप्रिल ११ बाट सुरु लोकसभा निर्वाचन जारी छ। सातौँ चरणमा सम्पन्न हुने निर्वाचनको छैठौँ चरणको चुनाव सकिइसकेको छ भने सातौँ तथा अन्तिम चरणको निर्वाचन आगामी मे १९ मा हुनेछ।

चुनावको मतपरिणाम आगामी मे २३ मा सार्वजनिक हुने भारतीय निर्वाचन आयोगको तालिका छ।

लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने दिन नजिकिँदै गर्दासमेत हेभिवेट उम्मेदवार रहेका निर्वाचन क्षेत्रको विषयमा भइरहेका चुनावी बहस अझै सेलाएको छैन।

यस्तै भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी उम्मेदवार रहेको निर्वाचन क्षेत्र अमेठीलाई पनि चासोका साथ हेरिएको छ।

प्रकाशित मिति: : 2019-05-16 04:13:06

प्रतिकृया दिनुहोस्