ईश्वर पोखरेलको चेतावनीः विचारमा स्पष्टता भएन भने कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्छ

तस्बिरः नागरिक

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता ईश्वर पोखरेलले विचारमा स्पष्टता नभए कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्ने चेतावनी दिएका छन्। 

तत्कालिन एमालेको भातृ संगठन युवा संघको २९औं स्थापना दिवसका अवसरमा राष्ट्रियसभामा आयोजित समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले एकताबद्ध कम्युनिस्ट पार्टी नयाँ ढंगले अघि बढ्दा विचारमा स्पष्टता हुनैपर्ने बताए। 

तत्कालिन समयमा एमाले र माओवादी आ–आफ्नो हिसाबले अगाडि बढेको बन्दै एकताबद्ध भइसकेपछि पनि विचारमा अस्पष्टता भयो भने त्यसले आफूहरुलाई अगाडि बढ्न नदिने उनको तर्क छ। 

‘विचारमा स्पष्टता भएन भने कम्युनिस्ट पार्टी एकताबद्ध भएर ठूलो त बन्ला तर यसले निर्णायक जित हासिल गर्न सक्दैन’, उनले भने, ‘संसारमा कम्युनिस्ट पार्टी ठूला बने, राज्यसत्ता कब्जा गरे, शासन सञ्चालन गरे तर ति कम्युनिस्ट पार्टीहरु पुँजीवादीले एउटा पनि गोली प्रहार नगरीकन तासका महल ढलेजस्तो भएर ढले। एकताबद्ध भएको हाम्रो कम्युनिस्ट पार्टी त्यस्तो हुनुहुन्न। सबैले खबरदारी गर्नुपर्ने जरुरी छ।’

प्रकाशित मिति: : 2019-05-15 16:20:16

प्रतिकृया दिनुहोस्