पोखराकै बदनामी : मेयरको डोजर काण्ड, दुर्गन्धित फिर्के योजना

गएको असार १ गते देशभर एउटा समाचार फैलियो । त्यो के थियो भने, ‘पोखराका मेयर मानबहादुर जिसीले डोजर चलाउँदा पत्रकारसहित ५ जना घाइते ।’ फुटट्रयाक (पैदल मार्ग) शिलान्यासका क्रममा अपरेटर बस्ने ठाउँमा बसेर मेयरले डोजर चलाइदिँदा रेलिङ भाँचियो । पत्रकारसहित शिलान्यास कार्यक्रममा सहभागि घाइतेसमेत भएपछि देशभर चर्चाको विषय बन्यो ।

शिलान्यासअघि मेयर जिसीको उद्घोष थियो, ‘अब फुटट्रयाक बन्छ । मापदण्डभित्र बनेका संरचना कानुन बमोजिम हट्छ, प्रदुषण रोकिन्छ र फिर्केमा कलकल पानी बग्छ ।’ फुटट्रयाक निर्माण शिलान्यासमा मेयरको डोजर काण्ड हिट भयो तर फुटट्रयाक निर्माण भने त्यसै अलपत्र बन्न पुग्यो ।

प्रकाशित मिति: : 2019-05-12 12:26:51

प्रतिकृया दिनुहोस्