एक घण्टा हिँडेरै घटाउन सकिन्छ ५६० क्यालोरी

हिँडेर पनि तौल घट्छ र? तपाईं पनि यस्तै सोच्नुहुन्छ होला।

‘स्वस्थ आहारसँगै छिटो–छिटो हिँड्नु शरीरको तौल घटाउने प्रभावकारी उपाय हो,’ आर्ट वेल्टम्यानले भने। उनी युनिभर्सिटी अफ भर्जिनियाको एक्सरसाइज फिजियोलोजीका निर्देशक हुन्।

ती साधारण पाइलाहरूले समग्र स्वास्थ्यमा ठूलो प्रभाव पार्दछ। यसले मुटुरोगदेखि ‘डिप्रेसन’को जोखिम पनि घटाउँछ। दैनिक हिँडे पनि तौल घटेन भने हिँडाइको गति बढाउनुहोस्। हामीमध्ये धेरैजसो ‘विन्डो–शपिङ’ गरे जसरी हिँड्छौं। बल गरेर हिड्ने कमै मात्र छौं। 

ध्यान दिनुहोस् –दौडमा भाग लिए जस्तो नभएर शरीरलाई अलि चुनौती दिने गति लिनुपर्छ।

सातामा छोटो दूरीको तीन वटा ‘हाइ–इन्टेन्सिटी’ र मध्यम गतिको दुई वटा  ‘रिकभरी’ हिँडाइमा सक्रिय महिलाले सातामा पाँच पटकसम्म हिँड्ने महिलाभन्दा ६ गुणा बढी पेटको बोसो घटाउने वेल्टम्यानले पत्ता लगाएका छन्।

प्रकाशित मिति: : 2019-05-12 08:36:45

प्रतिकृया दिनुहोस्