कसले हाल्दैछ विश्व सम्पदा क्षेत्र स्वयम्भूमा क्रंकिटको गेट ?

पशुपतिपछि विश्व सम्पदा सूचीमा सचीकृत स्वयम्भूमा पनि कंक्रिट प्रयोगको प्रयास भएको छ । स्वयम्भू संरक्षण महासमितिको स्वीकृति रहेको भन्दै मनाङ समाज नामक संस्थाले अवैध रुपमा गेट बनाउन सुरु गरेको हो ।

स्वयम्भूमा २०३२ सालामा सोही संस्थाले निर्माण गरेको प्रवेशद्वार २०७२को भूकम्पमा ढलेको थियो । तर, सोही ठाउँमा आधुनिक तवरले गेट निर्माण गर्न थालिएको छ । सो संस्थाले गेट निर्माणको लागि क्रंक्रिटकै प्रयोग गरेर हात्तिपाइले राखिसेकको छ ।

संस्थाले गेट निर्माणका लागि पुरतत्व विभागसँग कुनै अनुमति लिएको छैन । तर धामाधम गेट निर्माण अघि बढेपछि स्थानीयले त्यसो विरोध गरेका छन् ।

तर, संस्थाले भने २०३२ सालमा गेट निजमाृण्का लागि दिएको अनुमत पत्र देखाउँदै हाल धमाधम आधुनिक तवरबाट गेट हाल्न हालेको छ ।
विश्व सम्पदा क्षेत्रमा पुरातत्व विभागको अनुमति नलिई कुनै पनि संरचना थपघट गर्न नपाइने नियम छ । विश्व सम्पदा क्षेत्रको गरीमा नै संकटमा पर्ने गरी गेट बनाउन नहुने स्थानीय प्रकाश अमात्यले बताए ।

‘त्यहाँ आधुनिक गेट हाल्दा सम्पदा क्षेत्रको महत्व त घट्छ नै, तलैबाट देखिने चैत्य लगायतमा पुरतात्वकि सम्पदा छेकिन्छ,’ अमात्यले भने ।

प्रकाशित मिति: : 2019-05-11 16:08:02

प्रतिकृया दिनुहोस्