मंगलबारसम्ममा नयाँ शुल्कको सम्झौता नगरे इन्टरनेट र टीभीको तार काट्छौंः घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले केवल टेलिभिजन र इन्टरनेट सेवा प्रदायकले पोलमा टाँग्ने तारको नयाँ भाडादरमा मंगलबारसम्म सम्झौता नगरे तार काट्न सुरु गरिने बताएका छन् । बाह्रखरीसँग कुरा गर्दै घिसिङले व्यवसायीलाई मंगलबार छलफलका लागि बोलाएको र सो दिनसम्म पनि व्यवसायी प्राधिकरणको सम्पर्कमा नआए तार काट्न सुरु गरिने स्पष्ट पारे । 

प्रबन्ध निर्देशक घिसिङले भने, “हामीले यसअधि शुक्रबारसम्म व्यवसायीलाई नयाँ भाडादरमा सम्झौता गर्न समयसीमा दिएका थियौं । यसअवधिमा व्यवसायीले हामीसँग सम्झौता गरेनन् ।” टिभी तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणले नयाँ भाडा दरमा सम्झौता गर्न सात दिनको समयसीमा तोकेको थियो । उक्त समय सीमा शुक्रबार सकिएको हो ।

प्रकाशित मिति: : 2019-05-11 08:23:43

प्रतिकृया दिनुहोस्