बालुवाटारको जग्गामा भाटभटेनी सञ्चालकको ‘कनेक्सन’

तस्बिरः अनलाइनखबर

२६ वैशाख, काठमाडौं । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा प्रकरणमा मुछिनेहरुको पर्दाफास हुने क्रम जारी छ । यसैक्रममा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको पनि यो प्रकरणमा ‘कनेक्सन’ देखिएको छ ।

सरकारले ०२१ मंसिर १५ गते क्षतिपूर्ति/मुआब्जा दिएर खरिद गरेको २८४ रोपनी मध्ये ११२ रोपनी ४ आना जग्गा मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीले मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलोमतोमा खरिद गरेको देखिन्छ ।

तर, अहिलेसम्म शोभाकान्त ढकाल र रामप्रसाद सुवेदीको चर्चा भए पनि मीनबहादुर गुरुङको संलग्नताबारे खासै चर्चा भएको छैन।

व्यक्तिका नाममा सारिएको बालुवाटारको ११२ मध्ये आधाभन्दा बढी जग्गा गुरुङले लिएका थिए । उनले व्यक्तिगत, संयुक्त, भाटभटेनी सुपरमार्केट र आफन्तका नाममा जग्गा खरिद गरेका थिए । कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरु गुरुङले आफ्नै नाममा लिएका थिए ।

प्रकाशित मिति: : 2019-05-09 12:49:23

प्रतिकृया दिनुहोस्