विज्ञ र व्यवसायी भन्छन् : एक वर्षमा थप पाँच लाख रोजगारी सिर्जना सम्भव छैन

काठमाडौं, वैशाख २५ : राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० मा संघीय संसद्मा पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा पाँच लाख रोजगारी सिर्जना गरिने बताइएको छ।

नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ मा पाँच लाख रोजगारी सिर्जना गर्ने बताइएको छ। ‘निर्माण, उत्पादनमूलक उद्योग र सेवा क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिने छ। प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन र सार्वजनिक तथा निजी क्षेत्रबाट हुने क्रियाकलापबाट आगामी वर्ष थप पाँच लाख रोजगारी सिर्जना गरिने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

यो सम्भव छ? अर्थ क्षेत्रका विज्ञ तथा व्यवसायीहरूले यसलाई हाँस्यास्पद भनेका छन्। उनीहरू यो पूरा नहुने बताएका छन्। अहिले पाँच लाख रोजगारी सिर्जना गर्न सम्भव नभएको उनीहरूको भनाइ छ।

अर्थ विज्ञ तिलक रावल अहिले एकै वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्न नसकिने बताउँछन्। उनले भने, ‘अहिलेको अवस्थामा पाँच लाख रोजगारी सम्भव छैन।’

प्रकाशित मिति: : 2019-05-08 13:47:17

प्रतिकृया दिनुहोस्