‘ओलीको सुशासनमा खुलामञ्‍च छैन, बालुवाटार अर्कैले लगिसक्यो’

बैशाख २४, २०७६ काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले दिउँसै सपना देख्ने नेकपा नेतृत्वको सरकारलाई डाक्टरको खाँचो रहेको बताएका छन्।  सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै नेता खाँण यस्तो बताएका हुन्।  ‘सरकारले सपना सुतेका बेला देख्दैन, उठेका बेला देख्छ, हिँडिरहेका बेला देख्छ। दिउँसो सपना देख्छ, दिउँसो सपना देख्यो भने के हुन्छ ?’, उनले भने, ‘आज सपना देखियो, भोली सपना देखियो, दिनदिनै सपना देखियो भने डाक्टर खोज्नुपर्छ, यो सरकारलाई डाक्टरकहाँ लानुपर्ने भएको छ। दिउँसो सपना नदेख्नु। राति देख्नु। सरकाले राति सपना देखोस र जनतालाई पनि राति नै सपना देखाओस।’ 

प्रकाशित मिति: : 2019-05-07 16:55:58

प्रतिकृया दिनुहोस्