क्रिस्चियन धर्ममा लागेर बिल्लीबाठ राजेन्द्रको कथा [भिडियो]

तस्बिरः नेपाल लाइभ

इटहरी- ‘भएभरको सम्पत्ति सबै सकियो। म आफैं पनि रोगी थिएँ। उपचार हुन्छ भनेर क्रस्चियन (सियोन) मा लागेँ। मेरो रोग जाती हुनु त कता हो कता, उल्टै श्रीमती पनि मानसिक रोगी भएर सियोनबाट फर्किइन्। रोगी श्रीमतीको हेरचाह गर्नैमा मेरो दैनिकी बितिरहेको छ। सम्पत्ति जति 'स्वाहा' पारेर सुकुम्बासी भइएको छ,’ राजेन्द्र सिटौलाले धारावाहिक रूपमा व्यथा सुनाए। 

सन् २००८ देखि 'विश्व सुसमाचार समाज-सियोन' को सदस्य बनेका हुन् राजेन्द्र। तर अहिले त्यसबाट छुटकारा पाउन सकस छ उनलाई। एक साताअघि विवादित बनेको सियोन चर्च प्रकरणको भिडियो नेपाल लाइभमा सार्वजनिक  भएपछि उनको मन उकुसमुकुस भएको छ। ‘कहिले भेटौं र कहाँ भेटौं भयो,’ उनी भन्छन्, 'पीडा बुझ्ने कोही नभएर इटहरी आएँ।' 

नेपाल लाइभले प्रकाशित गरेको भिडियोसहितको रिपोर्ट हेरेपछि इटहरी आउने इच्छा उत्कर्षमा पुगेको बताउँछन् उनी। ‘भिडियोमा देखिएका अभिषेक र आयुसाले खेपेको पीडाभन्दा पनि ठूलो पीडामा बाँच्नुपरेको छ। यही कुरा सुनाउनकै लागि इटहरीसम्म आएको हुँ,’ उनले भने।

प्रकाशित मिति: : 2019-05-03 00:19:05

प्रतिकृया दिनुहोस्