बाबुराम र उपेन्द्रको पार्टी एकता २३ गते

तस्बिरः अनलाइनखबर

९ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी गरेका छन् । तर, अघिल्लो पटक अन्तिम चरणमा आएर एकता प्रक्रिया भाँडिएका कारण नेताहरुले औपचारिक रुपमा भन्न रुचाएका छैनन् ।

स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।

प्रकाशित मिति: : 2019-05-02 15:39:05

प्रतिकृया दिनुहोस्