जाभा कफी स्कूलको पढाइ, अष्ट्रेलिया–अमेरिकामा काम (भिडियो)

नेपाली कफी फ्रेन्चाइज हिमालयन जाभाले सञ्चालन गरेको कफी स्कुल विदेश जानेहरुका लागि एउटा आकर्षण बन्दै गएको छ।

यहाँ तालिम लिएकामध्ये ९० प्रतिशत ‘बरिस्टा’ विदेश पुग्छन्। उनीहरुले विश्वप्रसिद्ध स्टारबक्स, कोस्टा र एरोमाजस्ता अन्तर्राष्ट्रिय कफी आउटलेटमा काम पाउँछन्।

नेपालमा कफी संस्कृति फैलाउन योगदान गरेको जाभाले ६ वर्षदेखि काठमाडौंको सिभिल मललमा कफी स्कुल सञ्चालन गर्दै आएको छ। यो कफी स्कुलले हरेक महिना १५ जना बरिष्टा ग्र्याजुएट गर्छ।

तालिमेहरुले ५० घन्टा कक्षा र ५० घन्टा प्रयोगात्मक गरी कुल १०० घन्टाको कक्षा लिन्छन्। यसरी तालिम लिएकाहरुलाई स्कूलले जाभा आउटलेटहरुमा इन्टर्नसीपमा पठाउँछ।

प्रकाशित मिति: : 2019-04-30 07:12:53

प्रतिकृया दिनुहोस्