नेपाल-चीनका राष्ट्रपतिबीच भेटवार्ता, ७ वटा सम्झाैतामा हस्ताक्षर

तस्बिरः नयाँ पत्रिका

गणतान्त्रिक नेपालका राष्ट्रप्रमुखबाट पहिलो पटक भएको राजकीय भ्रमणलाई चीनले भब्य सम्मान दिएको छ । सोमबार अपरान्ह ‘ग्रेट हल अफ दी पिपुल’को ‘पब्लिक स्क्वायर’मा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा चीनका राष्ट्रपति सी जिनपिङले स्वागत समारोह आयोजना गरेका थिए । 

चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समितिका पोलिटब्युरो सदस्य, केन्द्रीय सचिवालयका सचिव तथा केन्द्रीय कार्यलयका निर्देशक तिङ सुयसियाङ, पोलिटब्युरो सदस्य केन्द्रीय परराष्ट्रमामिला हेर्ने कार्यालयका निद्रेशक याङ जेयची, नेशनल पिपुल्स कंग्रेसका केन्द्रीय समितिका उपाध्यक्ष, उ वैहुवा, स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यी लगायतका विशिष्ट अधिकारीहरु समारोहमा उपस्थित थिए । कार्यक्रममा  सैनिक अर्केष्टाले दुवै देशकाे राष्ट्रिय गीत बजाएका थिए ।

चिनियाँ जनमुक्ति सेनाले भण्डारीलाई २१ तोपको सलामी दिइएको थियो । साथै बालबालिकाले हातमा फुल लहराउँदै भण्डारीलाई स्वागत गरेका थिए । स्वागतपछि भण्डारी र सी सम्मिलित दुवै देशका प्रतिनिधि मण्डलबीच द्विपक्षीय छलफल भएको थियो । सीले मदन भण्डारीको प्रसंगको उठाउँदै आफ्नो भनाइ सुरु गरेका थिए ।

प्रकाशित मिति: : 2019-04-30 00:32:29

प्रतिकृया दिनुहोस्