३३ किलो सुनको पक्षमा वकालत गर्ने कम्युनिष्ट सांसद

प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले सुन तस्करको पक्षमा अदालतमा बहस गरेर आफूले गल्ती नगरेको स्पष्टीकरण पार्टीलाई दिएका छन्।  करिब ३८ क्विन्टल सुन तस्करी र उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा अभियुक्तको पक्षमा बहस गरेको भन्दै सांसद अधिकारीमाथि प्रदेशसभामै प्रश्न उठेपछि नेकपाले स्पष्टीकरण सोधेको थियो। प्रदेशसभामा सांसदहरूले सुनकाण्डमा बहस गरेर आफ्नो मर्यादा बिर्सेको र त्यसले सकारात्मक सन्देश नदिएको भन्दै नैतिक प्रश्न उठाएका थिए। 

प्रकाशित मिति: : 2019-04-29 04:54:02

प्रतिकृया दिनुहोस्