पर्यटक भेषमा प्रवेश, जघन्य अपराध कर्म

तस्बिरः नेपालखबर

पर्यटकको भेषमा नेपाल आएर जघन्य अपराधमा संलग्न ५ सय ३७ विदेशी नागरिक देश निकाला भएका छन्।

उनीहरु नेपालको प्रचलित कानून अनुसार सजाय भुक्तानपछि देश निकाला भएका हुन्।

अध्यागमन विभागको सिफारिसमा गृहमन्त्रालयले उनीहरुलाई देश निकाला गरेको हो। भिषा शुल्क माफि मिनाह गर्नुपर्ने नागरिकका हकमा भने मन्त्रिपरिषद् बैठकको निर्णयबाट देश निकाला गरिएकाे हाे।  विभागका अनुसार २०७५ साउन १ देखि सोमबारसम्म (जम्मा २८५ दिन) मा देश निकालाको निर्णय भएका उनीहरुमध्ये ८६ जना जघन्य अपराधमा संलग्न थिए।

‘अपहरण, तस्करी देखि सरकारी छाप किर्तेसम्म विदेशी नागरिकको संलग्नता भेटियो,’ विभागका प्रवक्ता उपसचिव रामचन्द्र तिवारीले नेपालखबरसँग भने ‘उनीहरुलाई सजाय भुक्तान पछि देश निकालाको निर्णय भएको हो।’

जघन्य अपराधमा संलग्न विदेशी नागरिकहरुलाई प्रहरीले पक्राउ गरि कारबाही थालेसँगै त्यसको जानकारी विभागलाई गराइन्छ। नेपालको प्रचलित कानून अनुसार सजाय भुक्तानपछि रिहाभएसँगै उनीहरुलाई देश निकाला गरिएको हो।

प्रकाशित मिति: : 2019-04-29 00:59:52

प्रतिकृया दिनुहोस्