काठमाडौं । ललितपुरको हरिसिद्धीमा महिलालाई ठक्कर दिएर भागेका स्कुटर चालकको खोजी गर्नुपर्नेमा प्रहरीले उल्टै सवारी पनि छाडिदिएको छ ।
गत २३ माघमा बा ५० प २८४४ नम्बरको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु दोलखा घर भइ गोदावरी–१४ बस्ने ५३ वर्षीया लक्ष्मी विक गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रममा १५ दिनपछि ग्वार्कोस्थित वीएण्डबी हस्पिटलमा मृत्यु भएको थियो ।