मोदीको सम्पत्ति विवरणः ४५ ग्रामका चार औँठी, बचत खातामा चार हजार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका छन्। उनकाे कूल चल–अचल सम्पति २ करोड ५१ लाख ३६ हजार १ सय १९ रुपैयाँ देखिएको छ। मोदीले शुक्रबार भारतीय निर्वाचन आयोगमा गुजरातको गान्धीनगरमा आवासीय घर, १ करोड २७ लाख बचत (आवधिक बचत) र ३८ हजार ७ सय ५० नगदसहित साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका हुन्।

उनले बुझाएको विवरण उल्लेख गर्दै भारतीय सञ्चार माध्यम द वायरले लेखेको छ, उनले सन १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए (डिग्री) गरेका छन्। समाचार अनुसार उनले सन १९७८ मा दिल्ली विश्वविद्यालयबाट कलामा स्नातक तथा १९६७ मा गुजरात बोर्डबाट एसएससी परीक्षा उत्तीर्ण गरेको उल्लेख छ।

प्रकाशित मिति: : 2019-04-28 10:41:05

प्रतिकृया दिनुहोस्