धुर्मस–सुन्तलीको कार्यक्रमस्थलबाटै पक्राउ परे एनआरएन युएईका अध्यक्ष

रातोपाटी

युएई - गैरआवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठलाई स्थानीय प्रहरीले दुबईबाट पक्राउ गरेको छ । 

शुक्रबार दुबईमा आयोजित धुर्मुस सुन्तली साँझकाे कार्यक्रम स्थलबाटै प्रहरीले श्रेष्ठलाई  पक्राउ गरिएको हो ।

चितवन समाज युएईको संयोजनमा युएईमा विभिन्न संघ संस्थाद्वारा आयोजित कार्यक्रमको  अतिथिको रुपमा उपस्थित रहेका श्रेष्ठलाई  सेक्युरेटीले बाहिर बोलाएर प्रहरीको प्रहरीको जिम्मा लगाएका थिए। 

कार्यक्रम आयोजक संस्था चितवन समाज यूएईका अध्यक्ष पर्शुराम घिमिरेले  श्रेष्ठ पक्राउ परेको बारे आज विहान मात्रै जानकारी पाएको बताए। 

प्रकाशित मिति: : 2019-04-27 17:36:47

प्रतिकृया दिनुहोस्