उपराष्ट्रपतिका पिता रामसुर भन्छन्- ‘माइलो छोराको डेरा कारागार जस्तै’

उपराष्ट्रिपति नन्दकिशोर पुनका पिता रामसुर। तस्वीर दिनेस सुवेदी/रोल्पा

ढुंगा–माटोको घर। भित्तामा हरियो रङ पोतेको। निलो बार्दली। छानामा डिस टिभीको एन्टेना। आँगनमै धारो। वरिपरि भिरालो जमिन। सुन्तलाका बोट प्रशस्तै। अलि पल्तिर अर्को घर। प्रायः बन्द भइरहने।  घाममा एक हल गोरु उग्राइरहेका छन्। अरू सुनसान। 

चैतको पहिलो हप्ता रोल्पाको राङ्सी भनभने पुग्दा यस्तै थियो दृश्य। थवाङ, मिरुल, कुरेली, इरिवाङ, चुनवाङ हुँदै फर्कँदै थिएँ। शहीद मार्गमै पर्ने चप्काबाट १५/२० मिनेट उकालो चढेपछि राङ्सी भनभने पुगियो।  यो त्यहीँ ठाउँ हो, जहाँ उपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) का पिता रामसुर पुन अहिले पनि एक्लै बस्छन्। यी दुई घर कुरेर। एउटा घरमा आफैँ बस्छन्। सधैँजसो बन्द हुने अर्को घर उनै उपराष्ट्रपति पुनको हो। 

प्रकाशित मिति: : 2019-04-27 08:00:47

प्रतिकृया दिनुहोस्