राष्ट्रपतिको साडी डिजाइन गर्ने कल्पना संसारभर लोकप्रिय बनाउँदै नेपाली ढाका

कल्पना लिम्बू आफ्नो ढाका बुटिकमा। तस्बिरः नारायण महर्जन/सेतोपाटी

राष्ट्रपति विद्यादेवी भण्डारीले लगाउने ढाकाका साडी याद गर्नुभएको छ?

नभए फिल्म 'छक्कापञ्जा-३' का कलाकारले लगाएका रंगीबिरंगी ढाकाका लुगा त देख्नुभयो होला?

हाम्रो संस्कृतिलाई नयाँ पुस्तामाझ लोकप्रिय बनाउने गरी नेपाली परम्परागत कपडाका यी आकर्षक लुगा कसले डिजाइन गर्यो होला?

आज हामी तपाईंहरूलाई यी ढाकालाई कसका हातले सजाए भनेर चिनाउँदैछौं।

उनी हुन्, कल्पना योङहाङ लिम्बू।

‘सफल महिला उद्यमी’ भनेर चिनिएकी कल्पनाले नै राष्ट्रपति भण्डारीले लगाउने अधिकांश ढाकाका साडी डिजाइन् गरेकी हुन्। 'छक्कापञ्जा' फिल्ममा पनि कल्पनाकै कल्पनाले सिर्जिएका लुगा कलाकारले लगाएका हुन्।

'राष्ट्रपतिज्यूले त रक्षामन्त्री हुँदादेखि लगाउनुहुन्थ्यो,' कल्पनाले भनिन्, 'छक्कापञ्जाको टिमलाई पनि मैले नै डिजाइन गरेको हुँ।'

प्रकाशित मिति: : 2019-04-26 08:14:49

प्रतिकृया दिनुहोस्