काठमाडौँ — नेपाली कामदारको तेस्रो गन्तव्यको रुपमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)सँग यसअघि भएको श्रम समझदारीलाई प्रतिस्थापन गरी नयाँ श्रम सम्झौता गर्ने सहमति बिहिबार भएको छ । नेपाल र युएईबीच काठमाडौंमा सम्पन्न श्रम अधिकारीहरु संलग्न प्रविधिक टोलीको बैठकमा यस्तो सहमति भएको हो ।
'नयाँ श्रम समझदारी गर्न दुवै देश सहमति भए । यसअघिको समझदारीमा परिमार्जन पनि होइन । अब पुरै नयाँ हुनेछ,' बैठकमा सहभागी एक अधिकारीले कान्तिपुरलाई भने, 'समझदारीको लागि मस्यौदाले अन्तिम रुप पाएको छ । अब आधिकारिक अधिकारीहरुले हस्ताक्षर गर्न मात्रै बाँकी छ ।'
प्राविधिक टोलीले टुंगाएको श्रम समझदारीको मस्यौदालाई दुवै देशको मन्त्रिपरिषदको बैठकले निर्णय गर्नसाथ हस्ताक्षर हुने भएको छ । ती अधिकारीका अनुसार यथासक्य छिटो हस्ताक्षर हुनेछ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया